काठमाडौँ । रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । कैलालीको टीकापुर-१ का ३६ वर्षीय भरत शाहको रुस-युक्रेन युद्धमा मृत्यु भएको हो ।
नेपाल प्रहरीको जागिर छाडेर तीन महिनाअघि युएईबाट रुस पुगेका शाहको शुक्रवार निधन भएको जनाइएको छ । योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ ।
यसअघि परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । शाहको मृत्यु बारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी भने दिएको छैन।
शाहका परिवारले भने कुशको शव बनाएर स्थानीय परम्परा अनुसार दाहसंस्कार समेत गरिसकेका छन् । मृतक शाहका श्रीमती, चार वर्षको छोरा र तीन महिनाको छोरी रहेको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
