काठमाडौँ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ ।
२५ किलो चरेस कारोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धादिङ गल्छीका भीमबहादुर तामाङ र कान्छा तामाङ रहेका ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।
यस्तै, हिजै अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
