काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भाेलि शनिवार काठमाण्डाैका विभिन्न ठाउँमा बिजुली आपूर्ति बन्द गर्ने भएको छ । टेकुमा रहेकाे सबस्टेशनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाण्डाैका विभिन्न ठाउँमा भाेलि बिहान ९ बजेदेखि दिउँसाे १ बजेसम्म बिजुली आपूर्ति बन्द हुन प्राधिकरणले आज सूचना निकालेर जानकारी दिएकाे हाे ।
टेकु सबस्टेशनबाट बिजुली आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म बिजुली आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ।
त्यस्तै ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौद्ध, भोटाहिटी, असन, बाङ्गेमुढा, इन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, वसन्तपुर दरबार स्क्वायर, रवी भवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ।
प्राधिकरणले बिजुली आपूर्ति बन्द हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा पनि मागेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
