काठमाडौँमा जफत हुन थाल्यो सुर्तीजन्य पदार्थ, चार क्षेत्रमा १०-१० प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पसलमा बिक्री गर्न राखिएका सुर्तीजन्य पदार्थ जफत गर्न थालेको छ। काठमाडौँ महानगरले आज बिहीवारदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध लगाएकाे छ।

प्रतिबन्ध लगाए पनि अनुगमनका क्रममा पसलमा सुर्तीजन्य पदार्थ राखेकाे पाइएकाे महानगर प्रहरीले जनाएकाे छ। महानगर प्रहरीले अनामनगर क्षेत्रम अनुगमनका क्रममा भेटिएका सुर्तीजन्य पदार्थ जफत गरेकाे छ।

Advertisement

महानगरले सुर्तीजन्य पदार्थ बेचे/नबेचेकाे अनुगमनका लागि महानगरका चार वटा क्षेत्रमा १० जना गरी नगर प्रहरी र सादा पाेसाकमा प्रहरी परिचालन गरेकाे छ। महानगरले पसलमा अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ भेटिए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटिएमा पसल नै बन्द गर्ने चेतावनी दिएकाे छ।

सार्वजनिक ठाउँमा धुमपान गरेको पाइए त्यहाँबाट बाहिर निकाल्ने र सय रुपैयाँसम्म जरिबाना गराउने पनि महानगरले जनाएकाे छ।

More News last news
Loading...