नेपालीलाई अवैध रुपमा रुस पठाउने गिरोह सार्वजनिक

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली नागरिकलाई अवैध रुपमा रुस पठाएर सेनामा भर्ना गराएको आरोपमा पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको छ।

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६ नेपाली नागरिक मारिएको पुष्टि गर्दै विवरण सार्वजनिक गरेपछि अनुसन्धान थालेको प्रहरीले रुस पठाउने गिरोहलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको हो।

Advertisement

पक्राउ पर्नेमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल रहेका छन्।

ती मध्ये सुजाता दाहाल, गोकर्ण अर्याल र हरिबहादुर विश्वकर्मा मुख्य एजेन्टको रुपमा रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भुपेन्द्र बहादुर खत्रीले जानकारी दिए।

गिरोहले रुसी सेनामा भर्ना हुन नेपालीहरुलाई अवैध तरिकाले भिजिट भिसामा रुस पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । रुसमा हाल हजारौंको संख्यामा नेपाली नागरिकहरु भिजिट भिसामा गई अवैध रुपमा रहने गरेको पाइएको छ।

More News last news
Loading...