ज्योति एकेडेमी सीतापाइलाको अन्तर विद्यालय मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न

समृद्धि स्कुलकी छात्रा रुश्मा महर्जन प्रथम

कलंकी । काठमाडौँको सीतापाइला स्थित ज्योति एकेडेमी विद्यालयले रजत जयन्तीको उपलक्ष्यमा “ज्योति एकेडेमी अन्तर विद्यालय मिथिला लोक चित्रकला प्रतियोगिता २०२३” सम्पन्न भएको छ ।

एकेडेमीका प्रधानाध्यापक गोविन्द पगेनीको सभापतित्व तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा एभरेष्ट बैँकका प्रतिनिधि शाखा प्रबन्धक श्याम शुन्दर पाण्डे, प्याब्सन काठमाडौँका जिल्ला उपाध्यक्ष रीता राइ दाहाल, प्याब्सन नार्गाजुनका उपाध्यक्ष डिबी ढकाल र कोषाध्यक्ष हिरालाल खनाल लगायतको आतिथ्यता रहेको थियो ।
समृद्धि स्कुलकी छात्रा रुश्मा महर्जन प्रथम

Advertisement

ज्योति एकेडेमी अन्तर विद्यालय मिथिला लोक चित्रकला प्रतियोगिता २०२३ मा समृद्धि स्कुल नयाँ बजारकी छात्रा रुश्मा महर्जन प्रथम भएकी छन् । यसैगरी, द एक्सेल पब्लिक स्कुलकी छात्रा प्रकृती साह द्धितीय तथा रोशेबुड स्कुल बुद्धनगरका ओजन न्यौपाने तृतीय र राइजिंग स्टार स्कुलकी रुबी मर्हजनले सान्तवना स्थान हाँसिल गरेका छन् ।

प्रतियोगितामा प्रमुख अतिथि, निर्णायक तथा सभापतिको हातबाट विजयी भएका विद्यार्थी र सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । दुई चरणमा विभाजन गरिएको सो कार्यक्रममा २०८०/०८/०६ गते ज्योति एकेडेमी विद्यालय सीतापाइलाको सभा कक्षमा मिथिला चित्रकला विज्ञ रन्जु यादवले सम्पुर्ण सहभागीहरुलाई मिथिला चित्रकला सम्बन्धमा प्रशिक्षण दिएकी थिइन् ।

कार्यकममा प्रमूख अतिथिले मिथिला कला संस्कृति र परम्परागत पक्षमा तथा प्रमूख निर्णायक एससी सुमनले विगतका कलाकारिताका अनुभव र भोगाई समेटिएको विचार व्यक्त गरेका थिए । निर्णायक सङ्गी श्रेष्ठले नतिजा सार्वजनिक गर्दै छोटो समयमै उत्कृष्ट चित्रकला प्रस्तुत गर्ने सम्पूर्ण प्रतियोगी चित्रकलामा अब्बल दर्जाको कलाकारिता भेटिएको विचार राखेकी थिइन् ।

कार्यक्रमको अन्त्यमा कायर्क्रमका सभापति तथा विद्यालय प्रिन्सिपल गोबिन्द पगेनीले धन्यवाद ज्ञापन गर्दै ललितकला प्रज्ञा प्रतिष्ठान सङ्ग मिलेर आगामी दिनहरुमा थप कार्यक्रम आयोजना गर्न तयार रहेको बताए । सो कार्यक्रम सञ्चालन गर्न एभरेष्ट बैँकको केही आर्थिक सहभागिता थियो भने कार्यक्रम शिक्षिका निर्मला अधिकारीले संचालन गरेकी थिइन् ।

 

 

More News last news
Loading...