काठमाडौं उपत्यकामा विद्युतीय माइक्रो बस सञ्चालन

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सिजी मोटर्स प्रालिले बिक्री वितरण गर्दै आइरहेको किङ्लङ विद्युतीय माइक्रो बस काठमाडौं उपत्यकामा सञ्चालनमा आएका छन्। सञ्चालनमा आएका माइक्रो बसहरू वाग्मती प्रदेश सरकारको नीति तथा महानगरपलिकाको आवधारणाअनुसार पुराना डिजेल र ग्यासबाट चल्ने सार्वजनिक यातायातलाई विस्थापित गरेर नयाँ विद्युतीय सार्वजनिक यातायात चलाउने विधिअन्तर्गत पर्दछ।

डिजेल माइक्रो बसभन्दा सञ्चालन खर्चमा सस्तो हुने बताइएको छ। सीजी मोटर्सले बिक्री गर्दै आइरहेको किङ्लङ माइक्रो बस १४ र १९ सिट गरी दुई मोडेल नेपाली बजारमा उपलब्ध छन्। विश्वको नम्बर १ ब्याट्री निर्माण कम्पनी सीएटीलद्वारा निर्मित ब्याट्रीको प्रयोग भएको गाडीमा एक पटक फूल चार्ज गर्दा ३०० किमी चल्ने कम्पनीले जानकारी दिएको छ।

Advertisement

१८० मिमी ग्राउन्ड क्लियरेन्स भएको गाडी नेपालको बाटो र माटो सुहाउँदो रहेको पनि बताइएको छ । हरेक पाँच वटा गाडीमा एउटा फास्ट चार्जर दिँदै आएको पनि जानकारी दिइएको छ । नेपालभर ३० स्थानभन्दा धेरै ठाउँमा चार्जर स्थापना भैसकेको र थप ५० भन्दा धेरै ठाउँ मा चार्जर जडान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

काठमाडौंमा तीन ठाउँबाट सर्भिस सुविधा लिनसकिने कम्पनीले जनाएको छ। साथै रिङरोडमा हरेक पाँच किलोमिटरमा एउटा चार्जर राख्ने अन्तिम तयारीमा कम्पनी पुगेको बताइएको छ। ८० प्रतिशतसम्म कर्जा सुविधा रहेको र नेपालभरका सम्पूर्ण बैंकबाट सुलभ कर्जा सुविधा लिन सकिने कम्पनीले उल्लेख गरेको छ।

More News last news
Loading...