खोटाङ । रावाबेसी गाउँपालिकाकी सात वर्षीया भतिजीलाई जबर्जस्ती करणी गरेको आरोपमा १५ वर्षीय काका पक्राउ परेका छन्।
बुधबार घरमा कोही नभएको अवस्थामा जबर्जस्ती करणी गर्नेलाई त्यसैदिन पक्राउ गरिएको हो। प्रहरी निरीक्षक टीका बरालका अनुसार शुक्रबार अदालत खुलेपछि म्याद थप गरेर अनुसन्धान बढाइने छ।
बालिकाको स्वास्थ्य जााचका लागि जिल्ला अस्पतालमा ल्याइएको छ। बालिकाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बरालले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
