सिंहदरबार दक्षिण गेटनजिक स्कुटर दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलाबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

सिंहदरबार दक्षिण गेट नजिक स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक इलाम घर भइ काठमाण्डौ महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएकी सुवेदीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा आज ज्यान गएके हो ।

More News last news
Loading...