काठमाडौंमा स्कुटी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदैगरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा स्कुटर चालक ईलाम घर भई हाल काठमाडौं महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आइतबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उहाँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्युभएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । यसैबीच काठमाडौं महानगरपालिका–३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा करिब पाँच लाख बराबरको धनमाल नष्ट भएको छ।

Advertisement

ललितपुर महानगरपालिका–२८ हरिसिद्धि खरिबोट नजिक डेरा गरी बस्ने सप्तरी घर भएका ३९ वर्षीय लोचन मुखियाको जाल्पा फर्निचरभित्र करेन्ट सर्ट भई आगलागी हुँदा करिब १० लाख बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै, ललितपुर महानगरपालिका–१५ खुमलटारस्थित महालक्ष्मी नगरपालिका–५ लुभुमा रहेको न्यू मनकामना हार्डवेयरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब १५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

More News last news
Loading...