कञ्चनपुरको लालझाडीमा श्रीमान्-श्रीमती मृत फेला

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उहाँकी पत्नी २५ वर्षीया पुष्पा राना आज घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेका विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिनुभयो।

Advertisement

‘घटनाबारे त्रिभुवनबस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको छ’ उहाँले भन्नुभयो– ‘श्यामका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको छ ।’

More News last news
Loading...