भूकम्प पीडितको उद्धारमा लाग्न तरुण दल अध्यक्ष गुरुङको अपिल

काठमाडौं l नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जाजरकोट भूकम्प पीडितका परिवारलाई सहयोग गर्न आग्रह छन् । गए राती जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट घाइते भई सङ्कटमा परेका परिवारको उद्धार र अन्य मानवीय सेवामा लाग्न नेपाल तरुण दललाई उनले आग्रह गरेका छन् ।

शनिबार एक विज्ञप्ती मार्फत उनले तरुण दललाई तत्काल मानवीय सङ्कटको उद्धारमा लागि आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्न अपिल गरेका छन्। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको छ।

Advertisement

उनको अपिल यस्तो छ, ‘प्रस्तुत विषयमा देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका रुकुम, जाजरकोट लगायतका विभिन्न जिल्लाहरूमा गए राती आएको भूकम्पले जन धनको ठुलो क्षति पुर्याएको छ । प्राकृतिक प्रकोपको यो विनासकारी एवं दर्दनाक घटनाले नेपाल तरुण दललाई अत्यन्तै मर्माहत बनाएको छ।’

दुःखको यस समयमा विनाशकारी भूकम्पका कारण ज्यान गुमाएका नागरिकहरूको आत्माको चिर सान्तीको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आफ्ना आफन्त गुमाउन पुगेका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । अहिले हामी अत्यन्तै शोक र कष्टमा छौँ।

यस घटनाबाट घाइते भएका, आवास विहीन हुन पुगेका, शारीरिक रूपमा अशक्त भएका, बालबालिका एवं महिला र ज्येष्ठ नागरिक लगायत सङ्कटमा परेका आम नागरिकको उद्धार र अन्य मानवीय सेवा र सहयोगको कार्यमा लाग्न नेपाल तरुण दल केन्द्रीय समिति सम्पूर्ण तरूण साथीहरूलाई हार्दिक आग्रह गर्दछ । नेपाल तरुण दल आफ्ना सम्पूर्ण तरूण साथीहरूलाई मानवीय सङ्कटको यस समयमा स्थानीय निकाय जनप्रतिनिधि, सुरक्षा निकाय एवं विभिन्न संघ संस्थाहरू सँग समन्वय गरी तत्काल आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्न क्रियाशील भएर अघि बढ्न यसै विज्ञप्ती मार्फत हार्दिक आग्रह गर्दछ ।

More News last news
Loading...