काठमाडौँ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष एवं नुवाकोटबाट प्रकाशन हुने उत्तरगया दैनिकका सम्पादक शिव देबकाेटा संगम पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएकाे छ।
नुवाकोटकाे अग्रणी सहकारी संस्था संगम बचत तथा ऋण सहकारीले आफ्नो २७ औ बार्षिक साधारणसभाकाे अवसरपारेर पत्रकार देबकाेटालाई पुरस्कृत गरेकाे हाे ।
आज (शनिवार) त्रिशूली काेलाेनीमा आयोजित सहकारीको साधारणसभामा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले पत्रकार देबकाेटालाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गर्नुभएकाे हाे ।
पुरस्कृत पत्रकार देबकोटा बिगत २६ बर्ष देखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
