विमानस्थलमै पाइलटको झगडा, दुवै पाइलटको लाइसेन्स निलम्बित

काठमाडौं । रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ । प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो।

उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ। शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो।

Advertisement

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दुई जना पाइलटबीच व्यक्तिगत कारणले झगडा भएको देखिएको र विस्तृत विवरण आउन बाँकी रहेको बताए । ‘उहाँहरुबीच कम्पनीका कारण झगडा भएको देखिन्न’, उनले भने, ‘कुनै व्यक्तिगत कारण हुन सक्छ।’

More News last news
Loading...