काठमाडौँ । लोकप्रिय गीतकार अनिल खनालको दशैँ तिहार गीत आउ है छिट्टै घर बजारमा आएको छ । गीतकार खनालको शब्दमा सजिएको उक्त गीत हिम सम्झौता डिजिटल मार्फत बजारमा आएको हो । खनालको शब्दमा “कहिले होत फर्किने घर, यसपाली नि रुवाउने काम नगर ,,,,,,दशैँ तिहार आइसक्यो आऊ है छिट्टै घर, पोहोर पनि आयनौ संगै हुन पाएनौं तिमी बाहेक भन सानु मेरो कोनै छर” l
“घर आउनलाई गर्दैछु तयारी, तिम्लाई मेरो कोशेली छ प्यारी ,,,,,,, दशैं तिहार आइसक्यो आउँदैछु है घर पोहोर आउन पाइन यसपाली त आउँदैछु, मेरो पनि तिमी बाहेक अरु कोनै छ र” जस्ता यर्थाथपरक शब्दले सजाएका छन् ।
संगीतकार नविन गुरुङको संगीत रहेको उक्त गीतमा गायिका लक्ष्मी परियार र गायक हेमराज डाँगीको सुमधुर स्वर रहेको छ । विशालनाथ योगी, गीता अन्जली क्षेत्री लगायतका कलाकारको अभिनय रहेको म्युजिक भिडियोलाई राकेश नेपालीले निर्देशन गरेका हुन् ।
गीतको म्युजिक भिडियो :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
