वरिष्ठ गीतकार भरत बमजनको दशैँ गीत ‘फूलको थुँगा’ बजारमा [भिडियोसहित]

काठमाडौं । वरिष्ठ गीतकार भरत बमजनको दशैँ विशेष गीत ‘फूलको थुँगा’ बजारमा आएको छ । नेपाली गीत–संगीतको क्षेत्रमा बेग्लै शालिन तथा सौम्य पहिचान बनाएका गीतकार बमजनले “फुलको थुँगा जाली रुमाल देउरालीलाई भेटी, मनको तिर्खा मेटियन तिमीलाई नभेटी…. भमरा भुल्यो रसैमा, आउँदैछु बसैमा भेटौँ दशैँमा ।” जस्ता शब्द मार्फत दशैँमा गाउँ आउने र आफन्त साथी-भाइलाई भेट्ने बाचा गरेका छन् ।

गीतमा पछिल्लो समयको नेपाली परिवेश, वैदेशिक रोजगारीको बाध्यतालाई महानपर्व दशैँमा घर फर्किने र सँगै पर्व मनाउने गाउँले यर्थाथ परिवेशलाई देखाउन खोजिएको छ। बुधबार गीतकार बमजनको आफ्नै युट्युब च्यानल Bharat Bomzan Official मार्फत गीतको लिरिकल भिडियो बजारमा आएको हो । संगीतकार पूर्ण परियारले संगीत भरेको गीतमा बलराम राजवंशीको एरेन्ज र सुमधुर स्वर रहेको छ ।

Advertisement

गीतकार भरत बमजमका ‘बैगुनी रैछौ मायालु, सुरमा सुर मिलाई, सिमसिम पानी, हिउँद वर्षा कति सहेँ’ लगायतका धेरै गीतहरु लोकप्रिय छन् । बैगुनी रैछौ मायालु बोलको गीत बमजनको चार दशक लामो गीत लेखनको सिर्जनात्मक यात्राको टर्निङ प्वाइन्ट मानिन्छ ।

यस्तो छ दशैँ गीतको म्युजिक भिडियो :

More News last news
Loading...