आज पनि राजधानीका यी क्षेत्रमा सवारी निषेध

काठमाडौं । जारी इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण आजपनि काठमाडौंका विभिन्न स्थानमा आज सवारी आवागमन प्रभावित हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले जारी गरेको सूचना अनुसार आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।

Advertisement

असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने महानागरले जनाएको छ ।

More News last news
Loading...