काठमाडौं । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन आजदेखि सुरू हुँदैछ। सुर्खेतस्थित सिटी हलमा हुने प्रथम अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे उद्घाटन गर्ने छन्।
अधिवेशनमा महासचिव शंकर पोखरेल पनि अतिथिको रूपमा सहभागी हुनेछन्। कर्णाली प्रदेश अधिवेशनमा ६०४ जना प्रतिनिधि सहभागी हुने छन्।
तीमध्ये २२ वटा मोर्चा संगठनबाट ५० जना प्रतिनिधि रहने प्रदेश अध्यक्ष शाहले बताए । अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूमध्ये १९५ जना महिला छन्।
यसभित्र समावेशी रूपमा एक सय ११ जना दलित प्रतिनिधि रहेका छन्। भोली ९असोज ११ गते०अधिवेशनको बन्द सत्र हुनेछ। बन्द सत्रबाट पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्नेछ। अधिवेशनबाट ५ जना पदाधिकारीसहित १३५ सदस्यीय प्रदेश कमिटी बन्नेछ।
बागमती अधिवेशनको उम्मेदवारी दर्ता बुधबार
नेकपा एमाले बागमती प्रदेश अधिवेशनको उम्मेदवारी दर्ता भोलि (बुधबार) हुने भएको छ । एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता भोलि र निर्वाचन बिहीबार गर्ने जनाएको हो ।
एमाले नेता शेर बहादुर तामाङका अनुसार निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेदेखि सुरु हुनेछ । उनका अनुसार बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजे अन्तिम नामावली प्रकाशन, ९ः११ मा उम्मेदवारी दर्ता हुनेछ । यस्तै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । नेता तामाङका अनुसार असोज ११ गते बिहीबार मतदान हुनेछ । मतदान बिहान ८ बजेदेखि सुरु हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।
मंगलबार बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले प्रतिवेदन पेश गरेका थिए । १३ जिल्ला र जनसंगठन विभागसहितको ७ समूहमा प्रतिवेदनमाथि छलफल भएको थियो । प्रतिवेदनमाथि आनन्दकुमार श्रेष्ठ, बद्री मैनाली, हस्त पंण्डित, कमल पाठक, एकलाल श्रेष्ठ, वेलीमाया घले र रमेश पौडेलले धारणा राखेका थिए । नेताहरुले राखेका धारणाको अध्यक्ष पाण्डेले जवाफ दिएपछि सुझावसहित प्रतिवेदन पारित भएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
