बेनिघाट । धादिङको बेनिघाट हाइवेमा अर्गानिक खाध्यवस्तुसहितको ‘तृप्ती कोशेलीघर’ सञ्चालनमा आएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलियाले शनिबार (आज) मैन बत्ति बाली रिवन काटेर कोशेलीघरको उद्घाटन गरेका हुन् ।
स्थानीय उत्पादन तथा लोकल प्रोडक्टटलाई विशेष प्रथामिकता दिएर अर्गानिक खाद्यवस्तु विक्री बितरण गर्नका लागि तृप्ती कोशेलीघर सञ्चालनमा ल्याएको युवा समाजसेवी तथा स्वास्थ्यविद् गकुल पन्तले बताए ।
पन्तले भने, “हामीले स्थानीय उत्पादन त्यसमा पनि अर्गानिक वस्तु विक्री वितरण गर्न यो मिनि मार्ट सञ्चालनमा ल्याएका हौँ । यो पृथ्वी हाइवेमा पनि पर्ने भएकाले अर्गानिक वस्तु कोशेलीको रुपमा पनि लान सकिने भएकाले यसको नाम पनि कोशेली राखिएको हो । तत्काल उपलब्ध अर्गानिक वस्तुहरु विक्रीका लागि राखेपनि विस्तारै थप गर्दै लाने योजना छ ।
अर्गानिक खानेकुरा खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउने बताउँदै यसको उत्पादन र प्रचारमा अब आफुँहरुले पनि सघाउने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
