नेपाली रेडियो नेटवर्कका निर्देशक भण्डारीलाई ‘प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार’ प्रदान

काठमाडौँ । नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीलाई ‘प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

काउन्सिलको स्थापना दिवसको अवसरमा आज राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भण्डारीले पुरस्कार प्रदान गरेकी हुन् ।

Advertisement

झण्डै २३ बर्षदेखि पत्रकारितामा क्रियाशिल भण्डारी यसअघि राष्ट्रिय समाचार समिति (रासस) नेपाल नेटवर्क, नेपाल एफएम नेटवर्क, रेडियो आँधिखोला, बुटवल एफएम, देउराली दैनिक, जनचेतना साप्ताहिक, गाउँले देउराली साप्ताहिक लगायतमा काम गरेका थिए ।

उक्त समारोहमा विभिन्न शिर्षकमा अन्य दर्जन बढि पत्रकारलाई पनि सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

More News last news
Loading...