पोखरेली दिदी बहिनी समुहको तीज कार्यक्रम, क्यान्सर पीडितलाई आर्थिक सहयोग

काठमाडौँ । पोखरेली दिदी बहिनी समुह काठमाडौँले क्यान्सर पीडित सहयोगार्थ तीजको दर खाने तथा सांस्कृतीक कार्यक्रम सम्पन्न गरेको छ । आज भाद्र २३ गते शनिबारका दिन, काठमाडौँको कालिमाटीमा तीजको दर खाने तथा सांस्कृतीक कार्यक्रम सम्पन्न भएको हो ।

पोखरेली दिदी बहिनी समुहकी अध्यक्ष बिष्णु थकालीको अध्यक्षतामा आयोजित कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त डा. साबित्री थापा  गुरुङको प्रमूख आतिथ्यता रहेको थियो । सो समुहले हरेक वर्ष क्यान्सर पीडितका लागि सहयोगार्थ कार्यक्रम गर्दै आएको छ ।

Advertisement

उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष बिष्णु थकालीले पाठेघरको क्यान्सर पीडित अनिता परियारलाई २५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेकी छन् । त्यसैगरी, क्यान्सर पीडित परियारलाई अन्य व्यक्तिहरुले पनि व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा महिला दिदी बहिनीहरुले उत्पादन गरेका विभिन्न सामानहरुको स्टल पनि राखिएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष शारदा वैद्य र निवर्तमान अध्यक्ष डा. मिमला शाक्य लगायतले महत्वपूर्ण धारणा राखेका थिए ।

पोखराबाट काठमाडौँ आएर स्थायी र अस्थायी रुपमा राजधानी काठमाडौँमा बसोबास गर्दै आएका छोरी चेलीहरुले वि.संं २०५६ सालमा स्थापना गरेको पोखरेली दिदी बहिनी समुह, काठमाडौँले लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

 

More News last news
Loading...