मोरोक्कोमा शक्तिशाली भूकम्प, २९६ जनाको मृत्यु

काठमाडौं । अफ्रिकी देश मोरक्कोमा शुक्रबार राति ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भुकम्पबाट हालसम्म २९६ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

मोरक्कोको सरकारी टेलिभिजनले भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको जनाएको छ। भूकम्पको गहिराई जमिनमुनि १८.५ किलोमिटर थियो । भूकम्पको धक्का पोर्चुगल र अल्जेरियासम्म महसुस गरिएको थियो ।

Advertisement

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी अफ्रिकामा भूकम्प एकदमै दुर्लभ हुन्छन्। यसअघि सन् १९६० मा अगादिर नजिक ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा परी हजारौं मानिसको मृत्यु भएको थियो।

More News last news
Loading...