आज यी तीन जिल्लामा सार्वजनिक बिदा

काठमाण्डाै । बाग्मती प्रदेश सरकारले आज तीन वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ । चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बाग्मती प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो।

केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले आज बाग्मतीको चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रवक्ता गंगानारायण श्रेष्ठले बताउनुभयो।

Advertisement

बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समुदायको बाहुल्यता रहेको छ। न्वागी पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले भने हिजो र आज दुई दिन सार्वजनिक बिदा दिएको छ।

More News last news
Loading...