काठमाडौँ । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ। काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान उपचारको क्रममा निधन भएपछि उनको निधनमा शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरका प्रशासन प्रमुख दीपक अधिकारीले जानकारी दिए।
वडाध्यक्ष रिजालको स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते उनलाई ग्रान्डी अस्पतालमा लागिएको थियो । अस्पतालका अनुसार रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) देखिएपछि सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो।
उनलाई डेंगु पनि भएको थियो । रिजाल नेपाली कांग्रेसका क्षेत्र नम्बर ७ का सभापति समेत थिए।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
