डेंगु संक्रमणबाट काठमाडौं-१६ का वडाध्यक्षको निधन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

उनको आज (बिहीबार) बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए ।

Advertisement

डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज निधन भएको हो । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ का क्षेत्रिय सभापति समेत हुन् ।

रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट काठमाडौं १६ का अध्यक्षमा निर्वाचित भएका थिए ।

More News last news
Loading...