काठमाडौँ । पछिल्लो समय अमेरिकामा बस्दै आएकी नयाँ पुस्ताकी प्रिय गायिका शारदा धितालले यस वर्षको तीजको कोशेली बजारमा ल्याएकी छन् । गायिका धितालको शब्द र स्वरमा रहेको ‘गाउँदिन भन्छु तीजको भाका’ बोलको तीज गीत (आज अगष्ट २९ मा) गायिका धितालकै युट्युब च्यानल “SARADA DHITAL” मार्फत बजारमा आएको हो।
केशव पौडेलले संगीत भएको यो गीतमा एरेन्ज, मिक्सिङ विपिन आचार्यको रहेको छ। गीत रेर्कड गौरी रसाइलीले गरेकी हुन् भने एमबी म्युजिक रेकडिङ स्टुडियो र साधना म्युजिक रेकडिङ स्टुडियो, कोलम्बसमा गीत रेकर्ड भएको हो। म्युजिक भिडियोको निर्देशन/क्यामेरा भिडियो सम्पादन रुम्बा लामा र कोरियोग्राफर प्रेम लोप्चनले गरेका हुन्।
“बाध्यताले स्वदेशी भूमि छोडेर पराइमुलुक बस्नुपरेपनि आफ्नो भेष, भुषा, भाषा र रितिरिवाज, संस्कार र चार्ड पर्व झन् याद आउँछन् । नेपालमा हुनुभन्दा विदेशमा रहँदा अझै यी चिडको माया लाग्छ । यो प्रति सम्मान बढ्दो रहेछ ।” त्यसैले यस वर्षपनि नारिहरुको महान पर्व तीजमा नयाँ गीत ‘गाउँदिन भन्छु तीजको भाका’ स्रोता दर्शकमाझ प्रस्तुत गरेको गायिका धितालले नयाँ पुस्तालाई बताइन् ।
गायिका धितालका यसअघि ‘काला काफल चिसो पानी’, ‘सिंगापुरे साडी’, ‘माइती देशको सम्झना’ जस्ता गीतहरु सार्बजनिक भइसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
