६० किलो सुन तस्करी प्रकरण : एआईजी किरणकाे नेतृत्वमा समिति गठन

काठमाडौँ । साउन ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानथलबाट बरामत गरेको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिआईबीकी निर्देशक बज्राचार्यको नेतृत्वमा समिति गठन गरेका हुन् ।

विमानस्थलको भन्सारबाट पास भएर बाहिरिसकेको अवस्थामा रजस्व अनुसन्धान विभागको टोलीले बरामत गरेको उक्त सुन तस्करी प्रकरणको केन्द्रीय अनुसन्धान ब्युरोले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम बनाएर साउन २२ देखि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान टोलीलाई अनुगमन र सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement

समितिमा विशेष ब्युरोका डिआइजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य छन् । धनकुटामा कार्यरत प्रहरी उपरीक्षक कोइरालालाई सङ्गठित अपराध अनुसन्धानमा जानकारको रूपमा अनुसन्धान गर्न बोलाइएको हो ।

साउन २१ गते राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मेवारी सिआईबीलाई हस्तान्तरण गरेको थियो । ब्युरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक बस्ने डेरा र गोदाम सहित १० ठाउँमा छापा मारेर अनुसन्धान अगाडी बढाएको छ। ‘रेडी ट्रेड प्राली’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर नेपाल भित्र्याएको थियो । उक्त सुन तस्करी प्रकरणमा हालसम्म २३ जनालाई पक्राउ गरी अनुसन्धान गरीरहेको छ ।

More News last news
Loading...