बाग्मतीमा मन्त्रालय फुटाइयाे, विनाविभागीय मन्त्रीलाई उद्योगकाे जिम्मेवारी

मकवानपुर । बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या थप गरेको छ । सत्ता गठबन्धनमा भागबन्डा पुर्‍याउनका लागि ११ वटा मन्त्रालय रहेकोमा एउटा थपेर १२ वटा पुर्‍याइएकाे छ ।

आज मङ्गलवार बसेकाे मन्त्रिपरिषद् बैठकले झन्डै तीन महिनादेखि जिम्मेवारीविहीन रहेका विभाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ । सत्ता गठबन्धनको किचलोका कारण लामो समयदेखि विनाविभागीय मन्त्रीका रूपमा रहेका चित्रकारलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

Advertisement

आजकाे बैठकले विभिन्न चार वटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने लगायत विभिन्न निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

More News last news
Loading...