बङ्लादेशबाट ७ सय पर्यटक नेपाल आउँदै : विमानस्थलमा पञ्चेबाजासहित स्वागतको तयारी

काठमाण्डाै l बङ्लादेशबाट पहिलो पटक झण्डै ७ सय पर्यटक नेपाल आउँदैछन् ।

पर्यटन बोर्डका अनुसार आज र भोलि दुई वटा जहाजबाट झण्डै ७ सय जना बङ्लादेशका पर्यटक नेपाल आउन लागेका हुन् ।

Advertisement

आज आउन लागेका पर्यटक बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् ।

उनीहरूलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने तयारी रहेको बोर्डले जनाएको छ ।

More News last news
Loading...