नेविसंघ कार्यसमिति समावेशी नभएको भन्दै विद्यार्थीले गराए देउवाको ध्यानाकर्षण

काठमाडौं l बिहिवार नेपाल विधार्थी  संघमा आवद्ध विद्यार्थीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छ्न्।

लामो समयपछि आएको केन्द्रिय कार्यसमिति कुनै पनि किसिमबाट समावेशीता नरहेको भन्दै विद्यार्थीले को सभापतिलाई ध्यानाकर्षण गराएका हुन्।

Advertisement

स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन विश्वबिद्यालयकि कोषाध्यक्षसमेत रहेकी पदमा भुसालको नेतृत्वमा पत्र बुझाइएको हो। ‘समावेशीकरण” लोकतान्त्रिक शासनको अवधारणा हो ।राज्यको मुलधारमा आउन नसकेका वर्ग ,समुदायलाई मुलधारमा ल्याउन गरिने प्रयास समावेशीकरण हो। नेपाल विद्यार्थी संघले सदैव  समावेशीकरणलाई मध्यनजर गर्दै अघि बढ्नु पर्छ,’ भुसालले भनिन्।

नेविसंघको बिधानमा पनि समावेशी सिद्धान्तको कार्यन्वयन गर्ने कुरालाई  लेखीएपनि नेतृत्वले भने विधानविपरित ७११ जनाको कमिटी बनाएको विद्यार्थीहरुले जनाए। यसले लोकतान्त्रिक पद्धतिमा विस्वास गर्ने र विचार मान्ने विद्यार्थीहरुलाई पचाउन कठिन भएको उनीहरुको बुझाइ छ।

‘७११ जनाको कमिटीमा कुनै पनि लिङ्ग र समुदायलाई नियम अनुरुप समावेश गरेको पाइँदैन, यो सरासर गलत हो। हामी लोकतान्त्रिक विचार मान्ने संगठनका विद्यार्थी नेता भएर पनि लोकतान्त्रिक नियम नमान्नु दु:खद कुरा हो,’ भुसालले भनिन्।

उक्त कार्यक्रममा नेपाल ल कलेजको स्ववियु सदस्य सपना गौतम र विवेचना न्यौपाने शंकर देव क्याम्पस स्ववियु सदस्य रन्जिता अधिकारी, अस्कल क्याम्पस नेविसंघ नेता श्याम शाह, किरण चौलागाईं, ल क्याम्पस ने बि संघ नेत्री केरिना गहतराज, त्रिभुवन विश्वबिधालय  ने बि संघ नेता सौरभ कोइराला,  कैलासकुट बहुमुखी क्याम्पस नेबिसंघ नेता बिनोद बिक, नेविसंघ नेता मोहम्मद अल्ताफ नेपालीको उपस्तिथिती थिए l

 

More News last news
Loading...