काठमाडौँ । सूचनाको हकका लागि राष्टिय महासंघ, काठमाडौँ जिल्ला र उपत्यका समितिको संयूक्त आयोजनामा चलिरहेको समुदाय जागरण अभियान तेस्रो हप्तामा प्रवेश गरेको छ । शनिवार बिहान ६ः३० बजे जुगल गुरुकुल बिद्यालयका बिद्यार्थीहरुले स्वस्ती वाचन गरी सुरू गरिएको पदयात्रा वडा नं १० को कार्यालयबाट मिलन चोक पुगेर समापन भएको थियो ।
पदयात्रा कार्यक्रममा प्रमुख अतिथिको रुपमा संघिय प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले अभियानलाई ऐक्यबद्धता जनाउँदै यस्ता अभियान प्रत्येक टोलटोलमा संचालन गर्नुपर्ने भन्दै आयोजक संस्थालाई धन्यवाद दिएकी छन्। सूचनाको हक प्रत्येक व्यक्तिको लागि संविधानले मौलिक हकको रुपमा ग्यारेन्टी गरिएकोले यसको प्रयोग गरी नागरिकले भरपुर फाइदा लिने र सार्वजनिक निकायलाई जवाफदेही बनाउनुपर्ने बताइन् ।
कार्यक्रममा ऐक्य द्धता जनाउँदै बिशेष अतिथि तथा प्रमुख सूचना आयूक्तले राज्यले ल्याएको कानुनको प्रयोग गरी नागरिकले आफ्नो समाजमा भएका अनियमितता र भ्रष्टाचार अन्त्य गर्न योगदान गर्नुपर्ने बताए । कार्यक्रममा बागमती प्रदेश सांसद् जयराम थापा र मीना पराजुलीले पनि ऐक्यबद्धता जनाई यात्रामा सहभागी भएका थिए । कार्यक्रमको संयोजना सूचनाको हकका लागि राष्टिय महासंघ उपत्यका प्रदेश सदस्य बिष्णु प्रसाइले गरेका थिए भने समापन मन्तव्य अध्यक्ष ताराबहादुर भन्डारीले राखेका थिए ।
मन्तव्यमा भन्डारीले नागरिकलाई जगाउन यस्तो अभियान संचालन गर्नुपरेको बताउँदै हरेक शनिबार बिहान एक घण्टा यसरी नै विभिन्न स्थानमा अभियान संचालन गरिने बताए । पदयात्रामा स्थानीय सिद्देश्वर योग साधाना केन्द्रका योग साधकहरुको सहभागिता रहेको थियो । धन्यवाद मन्तव्य दिंदै सिद्देश्वर योग साधाना केन्द्रका संरक्षक कृष्ण कुमार पोखरेल (श्याम) ले पदयात्रा सफल बनाउन योगदान गर्ने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
