काठमाडौं । चित्लाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार मध्यान्ह थानकोटबाट चित्लाङ जाँदै गरेको भ्यान दुर्घटना हुँदा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार चित्लाङ जाँदै गरेको बा१०च ३५४६ नम्बरको मारुती भ्यान पानीघाटनजिक भीरबाट खसेको थियो । उक्त भ्यानमा पाँच जना सवार रहेकामा ३ जनालाई सकुशल उद्धार गरिरएको प्रहरीले जनाएको छ ।
गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेर क्षतविक्षत भएको छ। दुर्घटना के कारणले भएको भन्ने यकिन भइनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
