कोभिडपछि रसुवागढी नाकामा चहलपहल बढ्यो

काठमाडौं । रसुवाको रसुवागढी नाकामा चहलपहल बढ्दै गएपछि त्यस क्षेत्रको रौनक बढेको छ। कोभिड–१९ पछि आवागमन बन्द भएको रसुवागढी नाका गत चैत १८ गतेदेखि पुनः सञ्चालनमा आएपछि व्यापारीक तथा पर्यटकीय गतिविधि बढेको हो ।

यो नाका हुँदै नेपाल भित्रने चिनियाँ पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । नाकामा दैनिक २५ देखि ३० पर्यटकको आवागमन हुने गरेको छ । चैत १८ देखि असार मसान्तसम्ममा रसुवागढी मितेरीपुलबाट ४६ देशका १० हजार ६ सय ७७ नागरिकले ओहोरदोहोर गरेकोमा २ हजार ८ सय ३७ चिनियाँ पर्यटक रहेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ।

Advertisement

रसुवाका बासिन्दा केरूङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेकाले सीमा क्षेत्रका नागरिक बीचको सम्बन्ध प्रगाढ बन्दै गएको स्थानीयले बताएका छन् ।

२०७२ सालको भूकम्पले रसुवागढीको अध्यागन कार्यालय भत्किएपछि त्यसभन्दा अगाडिका अभिलेखहरु नष्ट भएका छन् ।

More News last news
Loading...