राजसंस्था सम्बन्धी नीति पुनर्विचार गर्न राप्रपा नेपालद्वारा समिति गठन

काठमाडौँ । राप्रपा नेपालले राजसंस्था सम्बन्धी पार्टीको नीति पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गरेको छ। आइतबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपाध्यक्ष प्रा. डा. विष्णु बहादुर भण्डारीको संयोजकत्वमा प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो ।

समितिको सदस्यमा केशवराज श्रेष्ठ, बसन्तमान सिंह अधिकारी, हिक्मत बहादुर ढकाल, प्रा. नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्य सचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेका छन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय तोकिएको राप्रपा नेपालले जनाएको छ ।

Advertisement

अन्य भातृसंगठनमा को-को ?

बैठकले प्रा. डा. विष्णु बहादुर भण्डारीको अध्यक्षतामा सनातन धर्म संस्कृतिको रक्षा र प्रवर्द्धनका लागि भन्दै राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गरेको छ ।

महामन्त्री केशव श्रेष्ठका अनुसार, राष्ट्रिय खेलकुद संगठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान संगठन नेपालको अध्यक्षमा डम्बर प्रसाद शिवाकोटी, सदस्य सचिवमा जनक फडेरा, राष्ट्रिय अपांग संगठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम संगठन नेपालको अध्यक्षमा मो. खालिद इकवाल इराकीलाई जिम्मेवारी तोकिएको हो । उनका अनुसार, राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आगामी भदौको दोस्रो हप्ता काठमाडौँमा बस्ने भएको छ ।

More News last news
Loading...