काठमाडौँ । कालीकाेटकाे तिलागुफा नगरपालिका–१० रुडुमा रहेकाे महादेव माध्यमिक विद्यालयमा थाहा नभएकाे राेगले एक विद्यार्थीकाे ज्यान गएकाे छ ।
थाहा नभएकाे राेगले कक्षा कक्षा ६ मा अध्ययनरत कर्मा थापाकाे ज्यान गएकाे हाे । यस्तै अन्य ५१ जना विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा एक हप्ता अघिदेखि विद्यार्थी बिरामी पर्ना थालेका विद्यालयका प्रधानाध्यापक भरतबहादुर सिंहले बताउनुभयो ।
प्रारम्भिक बाल विकास (ईसीडी) का १३ जना शिक्षक र कक्षा ५ का १६ जना विद्यार्थीको अनुहार सुन्निएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको शिक्षक धर्मनन्द्र कोइरालाले बताउनुभयो । यस्तै कक्षा ३ का १८ जना विद्यार्थीकाे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेकाे छ । बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने समस्या आएको शिक्षक कोइरालाले बताउनुभयाे ।
विद्यालयमा विद्यार्थी बिरामी परेको सूचना प्राप्त भएकाले आज बिहीवार नै स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा जाने तयारी गरिरहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर संकेत बिश्वकर्माले बताउनुभयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
