भोलिदेखि लामो दूरीका सवारी गोंगबु बसपार्कबाट मात्र छुटिने

काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन भोलि(असार १ गते) बाट गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका छन्।

बिहीबार बसेको काठमाडौं महानगरपालिकामा सम्बन्धित सरोकारवालाहरूको बैठकले असार १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका सार्वजनिक सवारीसाधनहरू गोङ्गगबुस्थित् नयाँ बसपार्कबाट छुट्ने निर्णय गरेको हो।

Advertisement

यस्तै, काठमाडौंका रिङ्गरोडमा रहेका सम्पूर्ण टिकट काउन्टरहरूपनि भोलिबाट हटाउने निर्णय गरिएको छ।

More News last news
Loading...