काठमाण्डौको तारकेश्वरमा बसको ठक्करबाट एक किशोरको ज्यान गयो

काठमाण्डौ l काठमाण्डौको तारकेश्वर नगरपालिका–६ मा बसको ठक्करबाट एक किशोरको ज्यान गएको छ । हिजो बेलुका बा २ ख ४४१३ नम्बरको बसको ठक्करबाट खोटाङको बराहपोखरी गाउँपालिका ४ का १७ वर्षका लप्सन राईको ज्यान गएको हो ।

राईको ग्रीन सिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा बेलुका सात बजे ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस चालक पक्राउ परेका छन् । त्यस्तै काभ्रेको बनेपा नगरपालिका–१३ साँगामा ट्रकको ठक्करबाट एक जना पैदलयात्रुको ज्यान गएको छ ।

Advertisement

गएराति बा ४ ख ४२९४ नम्बरको ट्रकको ठक्करबाट सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते तामाङको उपचारका क्रममा बनेपाको शिर मेमोरियल अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

More News last news
Loading...