नयाँ पुस्ताकर्मी पौडेल प्रेस युनियनको उपत्यका प्रदेश सचिवमा निर्वाचित

काठमाडौँ । नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको खुल्ला सचिवमा नयाँ पुस्ताकर्मी अमृत पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । १५ वर्षदेखि पत्रकारितामा सक्रिय पौडेल हाल नयाँ पुस्ता डटकमको प्रधानसम्पादकको रुपमा कार्यरत छन् ।

जनपुकार साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पौडेलले कमाण्डर पोष्ट दैनिक, दैनिक अनलाइन, इन्टरनेट खबर, ग्लोबल नेप्लिज डटकम हुँदै माछापुच्छ्रे पोष्ट साप्ताहिक र डिसी नेपाल डटकममा कार्यकारी र सह-सम्पादको रुपमा काम गरिसकेका छन् ।

Advertisement

युनियनको शुक्रबार काठमाडौँमा सम्पन्न उपत्यका तथा प्रतिष्ठान प्रदेशको ऐतिहासिक पहिलो अधिवेशनले लिला राज खनालको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

यसैगरी संस्थाका पदाधिकारीहरु उपाध्यक्ष (खुल्ला) मा पुष्कर बुढाथोकी, उपाध्यक्ष (महिला) सीता न्यौपाने, उपाध्यक्ष (समावेशी) निरज तामाङ, महासचिवमा साहिला तामाङ, खूल्ला सचिवमा अमृत पौडेल, सचिवमा केशव ढुँगाना, सचिव (महिला) मा विष्णु पन्थी, कोषाध्यक्षमा शंकर अर्याल, सह-कोषाध्यक्षमा पुनिता झा निर्वाचित भएका छन् ।

More News last news
Loading...