सडक जाम नगरी संसद भवन पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न बिनातामझाम संसद् भवन नयाँबानेश्वर पुगेका छन्।

सडक अवरोध हुने र नागरिकले सास्ती पाउने भन्दै उनले त्यस्ता तामझाम नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए। राष्ट्रपतिमा निर्वाचित भएसँगै सडक खाली गराएरै हिँड्ने परम्परालाई राष्ट्रपति पौडेलले सच्याउँदै आएका छन्।

Advertisement

यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र डा.रामवरण यादवको पालामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा र अन्य सरकारी कार्यक्रममा सहभागी हुँदा सडक जाम गर्ने गरिँदा नागरिकले सास्ती पाएको भन्दै चर्को आलोचना हुने गरेको थियो ।

More News last news
Loading...