काठमाडौं । वीर अस्पतालमा कार्यरत कर्मचारीहरुलाई वीर अस्पताल र गरुड सपोर्ट सर्भिसेज प्रालिले पारिश्रामिकनदिएको भन्दै नेपाल सुरक्षाश्रमिक ट्रेड यूनियन र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनले पत्रकार सम्मलेनमार्फत आन्दोलनकाकार्यक्रम घोषणा गरेका छन्।
आज (बुधबार) सो संगठनले रिपोर्टर्स क्लबमापत्रकार सम्मेलनको आयोजनागर्दै कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल वीर अस्पताल महाबौद्ध, काठमाडौंमा सरसफाई श्रमिकहरूले समयमै पारिश्रमिकनपाएको भन्दै आन्दोलनकाकार्यक्रमहरु सार्वजनिक गरेका हुन्।
संगठनले वीर अस्पतालमा श्रमिकआपूर्तिकर्ता कम्पनी गरुड सपोर्ट सर्भिसेज प्रालिमार्फत श्रमिकहरु अस्पतालमा कार्यरत रहेको बताउँदै अस्पताल प्रशासन र आपूर्तिकर्ता कम्पनी गरुड सपोर्ट सर्भिसेजलाई पटक–पटक लिखित र मौखिकरूपमाभन्दापनि केही सुनुवाई नभएको दाबी गरेको छ।
गतफागुन १५ गते ७दिनभित्रपारिश्रमिकभुक्तानीगर्न आपूर्तिकर्ता गरुड सपोर्ट सर्भिसेजलाई लिखितपत्रबुझाएको र त्यसको बोधार्थ सम्बन्धितनिकाय र सरोकारवालानिकायमासमेत बुझाईसकेको संगठनले विज्ञप्ती जारी गर्दै जनाएको छ।
सो लिखितपत्रबुझाइसक्दापनि सुनुवाई नभएपछि गत चैत १६ गते नेपाल सुरक्षाश्रमिक ट्रेड यूनियन र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनले संयुक्त रूपमा ‘पारिश्रमिक समयमै उपलब्ध गराइदिने सम्बन्धमा’ फेरि लिखितपत्राचार गर्नुकासाथै, एक घण्टा नारासहितकोणसभा गर्दासमेत श्रमिकहरूले समयमै पारिश्रमिकआजसम्मपाउननसकेको बताइएको छ।
वीरमाकार्यरत सरसफाई श्रमिकहरूले समयमापारिश्रमिकनपाउँदाश्रमिकहरू मारमा परेको कुरा सम्बन्धितनिकाय र सरोकारवालालाई अवगतभएको बताउँदै न्यायदिने निकायले नै अन्याय र विभेद गरेपछि श्रमिकहरू आसाध्यै ठूलो मार परेको संगठनले दुखेसो पोखेको छ। आफूहरुले काम गरेको पारिश्रमिकप्राप्तगर्न सधैं दुई÷तीनमहिनाकुर्नुपर्ने अवस्था रहेको, कानूनमा समयमै पारिश्रमिकभुक्तानीगर्ने व्यवस्था रहँदापनिकार्यान्वयननभएको उनीहरुले बताएका छन्।
श्रम ऐन, २०७४ को दफा ६१ श्रमिकआपूर्तिकर्ताको दायित्व र दफा ६४ मामुख्यरोजगारदाताको दायित्व रहेको तर कानूनीदायित्वदुवैले वहननगरेको संगठनले दाबी गरेको छ। वीर अस्पतालमा बिरामीको हेरचाह र सरसफाई गर्ने श्रमिकहरू भोकभोकै कामगर्नुपर्ने अवस्थाआएको बताउँदै थोरै ज्यालाभएको तर त्यो पनि समयमै नपाउँदाश्रमिकहरूको दैनिकजीवनमा कस्तो समस्याउत्पन्नभएको होलाभन्दै प्रश्नसमेत गरेका छन्।
मानवअधिकार र प्राकृतिकन्यायको सिद्धान्त विपरित रहको बताउँदै संगठनद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘श्रमिकमाथि घोर अन्याय र अत्याचार हुँदा सम्बन्धितनिकायवा सरोकारवालानिकायमौन बसेका छन्। सम्बन्धितनिकायवा सरोकारवालानिकायलाई ध्यानाकर्षण गराउँदासमेत ध्यानाकर्षण भएको छैन। यो गम्भीर विषयहो।’
संगठनले श्रमिकहरूमाथिअन्यायगर्ने मुख्यरोजगारदातावीर अस्पताल र श्रमिकआपूर्तिकर्ता गरुड सपोर्ट सर्भिसेजलाई हदैसम्मको कानूनीकार्वाहीहुनुपर्ने माग राखेको छ। अन्यायमा परेकाश्रमिकहरूलाई न्यायदिलाउने काम राज्यले गर्नुपर्नेमा राज्यकै निकायमाश्रमिकहरू पारिश्रमिकनपाएर पिडित हुनुपर्ने अवस्थाआएको बताइएको छ।
‘न्यायखोज्न कहाँजाने?वीर अस्पताल जस्तो संवेदनशील संस्थामाश्रमिकहरूमाथि यस्तो व्यवहार हुन्छ भने अरु संस्थामाश्रमिकहरूको अवस्था कस्तो होला? यो साह्रै डललाग्दो अवस्था छ। श्रमिकहरूमाथिभएको अन्यायअत्याचार ऐना जस्तो छर्लङ्ग देखिँदापनिकोहि चुक्कबोल्दैन। सामान्यश्रमिकहरूको आवाज सहजतरिकाले कसैले सुनेनन्। आवाज सुनाउनै पर्ने अवस्थामाहामीआइपुगेका छौं,’ जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।
उनीहरुले पत्रकार सम्मेलनगर्नुको मुख्यकारण आफ्नो समस्यालाई आमसंचार मिडियाले सूचना सम्प्रेषण गर्ने र वीर अस्पतालमा कार्यरत श्रमिकहरूले न्यायपाउनेमा पूर्णरूपमाविश्वस्त रहेको बताएका छन्। ‘संविधानप्रदत्तमौलिकहकमाथि ठाँडै चुनौतीदिँदासमेत सम्बन्धितनिकायमौन छ। वीर अस्पतालमा कार्यरत श्रमिकहरूले आफूले श्रम गरेको पारिश्रामिकवा सुविधाप्राप्तगर्न विगतमापनिआन्दोलनगर्न परेको थियो। यो कस्तो बिडम्वना हो! श्रम माफियाको जालो तोड्न राज्यअसफलभएको छ,’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘श्रम बजारमाश्रम नगर्ने विचौलियामोटाउने र श्रम गर्ने श्रमिकहरूले न्यायनपाउने अवस्था छ।
श्रम बजारमा यो निकै डरलाग्दो अवस्था छ। ज्यालासमेत माग्नश्रमीकहरूले आन्दोलन नै गर्नुपर्ने अवस्था छ। ठेकेदारी प्रथा सदाको लागिअन्त्यको आन्दोलनअपरिहार्य बन्दै गएको छ।’
श्रम गरेको मूल्यमाग्दाश्रमिकआपूर्तिकर्ताले वीर अस्पताललाई देखाउने, वीरले मन्त्रालय देखाउने र पन्छिने कामबारम्बार भएको संगठनको दाबी रहेको छ। संगठनले यो एक दुइचोटी मात्रनभएर बारम्बार चलिरहेको दाबी गरेको हो। आफूले श्रम गरेको पारिश्रमिकश्रमिकहरूले समयमापाउननसक्दा घरको चुलो बल्न छाडेको, चुलो मात्रनभएर घर भाँडा, राशनपसल र बालबच्चाको स्कुलकाभर्ना फीलगायतआर्थिक समस्याझेल्नु परेको दुखेसो पोखेका छन्।
संगठनले वीर अस्पतालले करार तथा दैनिकज्यालादारीमाभर्ना गर्दासमेत पुरानाश्रमिकमाथिविभेद र अन्याय गरेको अवस्थाभएकोसमेत खुलासा गरेको छ। वीरमालामो समय काम गरेकाश्रमिकहरूलाई पहिलो प्राथामिकतादिनुपर्नेको साटो हाकिमका मान्छेले मात्रपहिलो प्राथामिकतापाउने गरेको खुलासा गरेको हो।
सो कुरा न्यायको दृष्टिमा सरासर गलतभएको बताउँदै विज्ञप्तीमा भनिएको छ, ‘पहिलो प्राथामिकतात्यहाँलामो समयदेखि कार्यरत श्रमिकहरूले पाउनुपर्छ। वीरमालामो समयदेखि कार्यरत श्रमिकहरूलाई बेवस्थागर्दै हाकिमकावरिपरिका मान्छेले त्यो अवसर पाउने गरेका छन्। यो पुरानाश्रमिकमाथि गरेको विभेद अन्यायहो।’
पुरानाश्रमिकहरूलाई पहिलो प्राथामिकतामा राख्नमागगर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘वीरमा करार तथा दैनिक ज्यालादारीमा हाकिमका मान्छेलाई मात्रभर्ती केन्द्र बनाउने काम फेरि पनि गरे हाम्रो संगठन त्यसको सशक्तप्रतिवादमाउत्रने छ। करार तथा दैनिकज्यालादारीमाभर्ना गर्दा पहिलो प्राथामिकतामात्यहाँकार्यरत पुरानाश्रमिकहरूलाई राख्नवीर अस्पतालाई पुनः अनुरोध छ।’
संगठनले श्रमिकआपूर्तिकर्ता गरुड सपोर्ट सर्भिसेज र वीर अस्पतालले कार्यरत श्रमिकहरूलाई समयमै पारिश्रमिकभुक्तानीगर्ने लिखित प्रतिबद्धता जाहेर नगरेसम्मवीर अस्पतालको प्राङ्गणमा दैनिक १ घण्टा विहान १०बजेदेखि ११ बजेसम्मप्लेकार्ड बोकी शान्तिपूर्ण धर्ना साथसाथै कोष सभागर्ने घोषणा गरेको छ।
यस्ताछन् घोषणा गरिएको पहिलो चरणको आन्दोलनको कार्यक्रम
१. बैशाख १० गते १०–११ बजेसम्म १ घण्टा कालो व्यानर र प्लेकार्डसहितकोणसभा गरी आफ्नो नियमितकाममाफर्कने।
२. बैखाख ११ गते १०–११ बजेसम्म १ घण्टा कालो व्यानर र प्लेकार्डसहितकोणसभा गरी आफ्नो नियमितकाममाफर्कने।
३. बैखाख १२ गते १०–११ बजेसम्म १ घण्टा कालो व्यानर र प्लेकार्डसहितकोणसभा गरी आफ्नो नियमितकाममाफर्कने।
४. बैखाख १३ गते १०–११ बजेसम्म १ घण्टा कालो व्यानर र प्लेकार्डसहितकोणसभा गरी आफ्नो नियमितकाममाफर्कने।
पहिलो चरणको ४ दिनको शान्तिपूर्ण आन्दोलनबाट श्रमिकहरूको समस्या समधानगर्न श्रमिकआपूर्तिकर्ता गरुड सपोर्ट सर्भिसेज र वीर अस्पताल तयार नभए दोस्रो चरणको आन्दोलनकाकार्यक्रम कडा भन्दा कडा घोषणा गरिने संगठनले घोषणा गरेको छ।जारीे विज्ञप्तीमा सुरक्षा क्षेत्र यूनियन परिषद्काइन्चार्ज प्रेमबहादुर काकीको हस्ताक्षर रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
