शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको सय वर्षको उमेरमा निधन भएको छ।

पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा आज बिहान सवा पाँच बजे राधादेवीको निधन भएको हो।

Advertisement

केही दिनअघि राधादेवीलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई श्वासप्रश्वासमा समस्या थियो। सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भइसकेको छ।

More News last news
Loading...