काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनका दाइको घरमा गोली चलेको छ। गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।
प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा घाइते भएकी छन्। उनको खुट्टामा गोली लागेको छ। उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।
गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ। उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
