काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शनिबारबाट सिंहदरबारको फोहोर नउठाउने बताउनु भएको छ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नु हुँदै मेयर बालेनले सिंहदरबारको फोहोर शनिबारदेखि नउठाउने बताउनुभएको हो ।
उहाँले लेख्नुहुन्छ, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
