रामेछाप l रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएकाे छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।
मृतकहरूको सनाखत हुन नसकेको र घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले जानकारी दिनुभयाे ।
स्थानीय बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ । स्थानीय र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ ।
मन्थली–७ काे कौछिनी जाँदै गरेको वा ११ च ५५३ नम्बरको जीप सडकबाट तल खसेकाे थियो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
