अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठबीचको सात वर्ष लामो सम्बन्धमा टुङ्गिएको छ । काममा फोकस हुने भन्दै उनीहरूले ७ वर्षको सम्बन्ध टुङ्गाएका हुन् । उनीहरू सहमतिमै अलग हुने भएका हुन् । अहिले सृष्टि चाहिँ आराम गर्न भन्दै लण्डनमा परिवारसँग छिन् ।
सौगातले भने, ‘काममा फोकस हुनुपर्ने समयमा हामी एकापसमा धेरै इन्गेज भयौँ । काममा फोकस गरौँ भन्ने हो । हाम्रो कुरै भएको हो । मलाई यसमा अहिले हतार छैन, उसलाई पनि हतार देखिएन ।’ केही महिनाअघि उनीहरूले यसै वर्ष विवाह गर्ने तयारी समेत भइरहेको बताएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
