जुठेकी मनमायाको फस्टाउँदो रेष्टुरेन्ट व्यवसाय [भिडियोसहित]

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिसिरियल ‘जुठे’ छोटो समयमै निकै लोकप्रिय बनेको छ । उक्त टेलिसिरियलमा मनमाया अर्थात गोथेकी बहिनी बनेर अभिनय गरेकी रुक्मिला अधिकारीको अभिनयलाई पनि धेरैले मन पराएका छन्।

पुर्बी लेटाङ मोरङकी रुक्मिला अधिकारी पछिल्लो केही वर्षदेखि मोडलिङमा सकृय थिइन्। पछि उनी टेलिसिरियल ‘जुठेमा अनुबन्धीत भइन् । मनमायाको भूमिकामा अभिनय गर्न थालिन् ।. उनलाई उक्त भूमिकाले निकै साथ दियो । उनको अभिनयलाइ धेरैले मन पराए । छोटो समयमै उनी लोकप्रिय बनिन् ।

Advertisement

कलासँगै आफ्नो पढाईलाई अघि बढाइरहेकी रुक्मिला अब व्यवसायीमा पनि होमिएकी छिन्। उनले केही दिनअघि मात्रै एउटा टेष्टुरेन्ट सञ्चालन गरेकी छिन्। सानेपा खरिबोट चोकमा उनले एउटा ठूलो रेष्टुरेन्ट सञ्जालमा ल्याएकी छिन्। उनको रेस्टुरेन्ट निकै सुविधायुक्त र शान्त वातावरणमा अवस्थित छ। रेष्टुरेन्टबाट राम्रो व्यापार भइरहेको उनी बताउँछिन्।

कलासँगै साइट जबपनि गर्नुपर्छ है भन्ने राजु मास्टर र बल्छी धुर्वेको सल्लाहबाट नै आफूले रेष्टुरेन्ट सञ्जालन गरेको उनको भनाइ छ। तर अवसोच उनीहरु अहिलेसम्म उक्त रेष्टुरेन्टमा पुगेका भने छैनन्। व्यस्तताका कारण आफूले रेष्टुरेन्ट सञ्चालन गरेको ढेड महिनासम्म पनि उनीहरु उक्त रेष्टुरेन्ट हेर्न समेत नआएको उनी बताउँछिन्। भिडियोमा हेर्नुहोस् पूरा जानकारी :

More News last news
Loading...