चितवमा यज्ञ सुवेदीको रहरलाग्दो खेराखेती, वर्षमै ३ करोडसम्म आम्दानी [भिडियो]

काठमाडौँ । नेपालमै केही गनुपर्छ भनेर नवलपरासीका यज्ञ प्रसाद सुवेदीले चितवनमा ७० बिगाहा क्षेत्रफलमा केरा खेती गरिरहेका छन् । २१ वर्ष अघिदेखि सुरु गरेको व्यवसायिक केरा खेती अहिले ठुलो क्षेत्रफलमा फैलिएपनि नेपाली बजार भने सोही अनुसार फैलिन नसकेको सुवेदीको गुनासो छ।

सुरुको अवस्थामा आसपासका बजारमा आफुँहरुको एकाधिकार भएपनि पछिल्लो समय छिमेकी राष्ट्र भारतीय उत्पादन र लागतसँग प्रतिस्पर्धा गर्न कठिन भएको सुवेदी बताउँछन् । हामीसँग कुरा गर्दै सुवेदीले भने, “अहिले बजार फस्टाउँदै जाला भन्दा झन् कमजोर र टाइट हुँदै गएको छ । हाम्रो देशको सानो लगानी र बजारमा नेपाली उत्पादन र लागतले भारतीय उत्पादन र बजारसँग प्रतिपर्दा गर्नुपरेको छ । सरकारले नेपाली बजारमा बाह्य उत्पादनलाई नियन्त्रण गर्न सकेको छैन ।” यो गर्न सके मात्रै नेपाली कृषकले राहत महशुस गर्ने थिए ।

Advertisement

सुवेदी थप्छन्, ‘बाह्य उत्पादन र स्वदेशी उत्पादनलाई एउटै नजरले हेर्ने भनेको बाघ र बाख्रालाई एकै ठाउँमा राखेर प्रतिस्पर्धा गराएजस्तै हो । यो भन्दैमा सरकारले केही पनि गरेको छैन भन्ने होइन । पछिल्ला वर्षमा सरकारले थोरै भएपनि कृषि अनुदान र सहुलियत पूर्ण ऋण दिने गरेको छ । तर कृषकहरुका लागि त्यति मात्रै पर्याप्त छैन ।’

केराको विविधिकरण अन्तर्गत सुवेदीले केराका परिकार पाउने विशेष रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेका छन् । केराबाटै वाइन र हुस्की पनि बनाउन सकिने भएपनि आफूँ एउटाले मात्रै सोचेर यो सपना पूरा नहुने बताए । राज्यले थोरै मात्रै सर्पोट गरिदिने हो भने आफुँहरु त्यो काम गर्न सक्षम र तयार रहेको पनि सुवेदी बताउँछन् । व्यवसायिक केरा खेती गरिरहेका सुवेदीले वार्षिक रुपमा साढे दुई करोडदेखि तीन करोड रुपैयाँसम्मको व्यापार हुने गरेको बताए।

प्रस्तुत छ केरा खेतीबारेको पूरा भिडियो :

More News last news
Loading...