चैत मासा गायक छन्त्यालले ल्याए पञ्चेबाजा गीत (भिडियोसहित)

काठमाडौं । चैत मासा कलाकार एवं गायक युवराज छन्त्यालले आफ्नो नयाँ गीत नाच्न मन लाग्छ बोलको गीत सार्बजनिक गरेका छन् ।

आफ्नै युटुब च्यानलबाट गायक छन्त्यालले उक्त गीत सार्बजनिक गरेका हुन् । छन्त्यालले आफ्नै लय, शब्द र स्वरमा सार्बजनिक गरेको गीतमा गायिकाद्धय जमुना राना र सहिमा श्रेष्ठले साथ दिएका छन् । विवाहको मौसम फागुनमै सकिएको भएतापनि आगामी बैशाख महिना विवाहको महिना भएकोले पञ्चेबाजा गीत सार्बजनिक गरेको छन्त्यालले बताएका छन् ।

Advertisement

भिडियोमा नविन श्रीस, सञ्चिता बोलाखे अमृत ​​श्रेष्ठ र मुना भुर्तेल लगायतको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई शिबन पोखरेलले निर्देशन गरेका छन् ।

प्रवासमा बसेर पनि नेपाली लोकगीतसंगीतमा योगदान गर्दै आएका छन्त्यालले यसअघि पनि हिट गीत बजारमा ल्याईसकेका छन् । छन्त्यालका चाइना तिर जाम, लास्टै टेन्सन भो बाजा बजाउदै लगायतका गीत चर्चामा रहेका छन् ।

More News last news
Loading...