अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका–२८ वडा कार्यालयमा कार्यरत सबइन्जिनीयर प्रविन बिकलाई १५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ।
अख्तियारका प्रवक्ता भोला दाहालले प्रेस विज्ञप्ति जारी गर्दै बिकलाई अख्तियारको कार्यालय पोखराबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१४ चाउथेबाट नियन्त्रणमा लिएको जनाएका छन्।
बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका बिकमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
