काठमाडौं l काठमाडौं उपत्यकामा आज (आइतबार) यसपालिको पहिलो हिउँद वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्न काठमाडौंमा वर्षा भएको हो।
काठमाडौंको उपत्यकामा यतिखेर वर्षासँगै चट्याङ परेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको जनाएको छ।
यस्तै, मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि (सोमबार) देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
